दफा ३
कोषको स्थापना
(१) नागरिक लगानी कोषको नामबाट एउटा कोष स्थापना हुनेछ ।
(२) कोष अविच्छिन्न उत्तराधिकारवाला एक स्वशासित र संगठित संस्था हुनेछ ।
(३) कोषको काम कारवाहीको निमित्त आफनोे एउटा छुट्टै छाप हुनेछ ।
(४) कोषले यस ऐनको अधीनमा रही चल अचल सम्पत्ति प्राप्त गर्न, उपभोग गर्न, बहालमा लगाउन, बेच विखन गर्न र त्यस्तै अन्य किसिमले व्यवस्था गर्न सक्नेछ ।
(५) कोषले आफनोे नामबाट नालिस उजुर गर्न र कोष उपर पनि सोही नामबाट नालिस उजुर लाग्न सक्नेछ ।
(६) कोषको केन्द्रीय कार्यालय काठमाडौंमा रहनेछ र कोषले नेपाल ………… भित्र वा बाहिर शाखाहरू खोल्न तथा एजेन्ट वा प्रतिनिधि नियुक्त गर्न सक्नेछ ।